एसियाली खेलकुद: खगेन्द्रले दिलाए नेपाललाई प्रारम्भिक जित
kendrabindu.com · Wed Sep 23 05:00:19 GMT 2026
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत बक्सिङको प्रारम्भिक चरणमा जित हात पारेका छन्। निशिओ जिम्न्यासियममा बुधबार भएको ६० केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५-० को स्कोरमा पराजित गरेका हुन्।
जारी एसियाडमा नेपाली खेलाडीको यो पहिलो जित हो। एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)