विमानस्थलबाट श्रम स्वीकृति नभएका यात्रु उडेपछि अध्यागमन अधिकृत विभाग तानिए
ratopati.com · Wed Sep 23 05:05:29 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने कामदारलाई सेटिङमा उडाएको भेटिएको छ । असोज ५ गते कुवेत प्रस्थान गर्न लागेका एक यात्रुलाई गैरकानुनी रूपमा प्रस्थान अनुमति (डिपार्चर) दिएको पाइएपछि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत चेत बहादुर सेजुवाल विभागमा तानिएका हुन् ।
यात्रु उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको भेटिएको छ । अध्यागमन विभागको ‘नेपाली पोर्ट प्रणाली’ र विमानस्थलको सीसीटीभी फुटेजको प्रारम्भिक अनुसन्धानले घटनाको नालीबेली खुलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)