कर्णालीका करिब ३० प्रतिशत बालबालिका तीनभन्दा बढी आधारभूत सेवाबाट वञ्चित
kendrabindu.com · Wed Sep 23 05:05:46 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका २९.९ प्रतिशत बालबालिका एकैपटक तीन वा सोभन्दा बढी आधारभूत आवश्यकता तथा सेवाका क्षेत्रमा वञ्चित रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफको सहकार्यमा सार्वजनिक गरिएको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल, २०२६’ अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकांक (एमओ) ०.१४१ छ । राष्ट्रिय सूचकांक ०.१०० रहेको छ ।
अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास तथा सूचना–सञ्चार गरी सात आयाम समेटिएका छन् । कर्णालीमा सूचना तथा सञ्चारमा पहुँचको अभाव सबैभन्दा बढी ५६.८ प्रतिशत छ । पोषणमा ५३.६, स्वास्थ्यमा २५.४ र सुरक्षित तथा पर्याप्त आवासमा २७.६ प्रतिशत बालबालिका वञ्चित छन् । शिक्षा क्षेत्रमा भने वञ्चितीकरण ०.३ प्रतिशत रहेको छ । राष्ट्रियस्तरमा ०–१७ वर्षका २१.४ प्रतिशत बालबालिका तीन वा सोभन्दा बढी आयाममा वञ्चित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)