मनास्लु हिमपहिरोमा परी नेपाली गाइडसहित दुई जनाको मृत्यु, शव काठमाडौं पठाइयो
annapurnapost.com · Wed Sep 23 04:57:24 GMT 2026
गोरखा : मनास्लुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री १ सामागाउँबाट बुधबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु २ संखुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राती तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)