१० लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
ratopati.com · Wed Sep 23 05:12:31 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड र निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरूमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार १० वटा लघुवित्त वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेका हुन् ।
सुपरिवेक्षण प्रतिवेदन अनुसार तोकिएको पुँजीकोष कायम गर्न नसक्ने १० वटा संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेका छन् । त्यसैगरी, नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले सञ्जीवनी लघुवित्तलाई तीन पटकसम्म हर्जाना तिराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)