हतुवागढी गाउँपालिकामा प्रविधिमैत्री तरकारीखेती, टनेल र पोखरी निर्माणमा अनुदान
ratopati.com · Wed Sep 23 05:13:53 GMT 2026

भोजपुर । भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ। परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि, नयाँ ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान र प्राविधिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेर ६२ वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो। मौसमी तथा बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)