मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीमा व्यापक नेतृत्व फेरबदलको संकेत, हु चाङसेङलाई तिब्बतको जिम्मेवारी

nepalpress.com · Wed Sep 23 05:11:00 GMT 2026

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले क्षेत्रीय नेतृत्वमा फेरबदलसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा नयाँ पार्टी प्रमुख नियुक्त गरिएको छ। यसलाई आगामी महाधिवेशनअघि चीनको व्यापक राजनीतिक नेतृत्व संरचनाबारे संकेतका रूपमा हेरिएको छ ।

सीपीसीको हालै बसेको बैठकले हु चाङसेङलाई तिब्बत स्वायत्त क्षेत्रको चिनियाँ कम्युनिस्ट पार्टीका नयाँ प्रमुख नियुक्त गरेको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । चीनमा क्षेत्रीय नेतृत्व तहमा भइरहेको फेरबदलअन्तर्गत हुले तिब्बतको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी सम्हाल्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)