‘अति भारी’ वर्षाको चेतावनी, बुधबारदेखि नै गतिविधि बढ्दै जाने
barnanmedia.com · Wed Sep 23 05:10:22 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ । महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै यसको प्रभावले बुधबारदेखि नै वर्षाको गतिविधि बढ्दै जाने जनाएको छ ।
“उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट नै कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)