भारी वर्षाको विषयमा तयारीमा सुरक्षा निकायलाई ‘अलर्ट’
barnanmedia.com · Wed Sep 23 05:06:26 GMT 2026

गृहमन्त्री सुधन गुरुङले भारी वर्षाको विषयमा तयारीमा रहन सरकारका आवश्यक पूर्वतयारीमा जुटिसकेको पनि जानकारी दिएका छन्।
‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं ।’ तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो । मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)