ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु
barnanmedia.com · Sun Apr 06 22:07:19 GMT 2025
नेपालकै पहिलो भनिएको खो–खो लिग प्रतियोगिता यहाँको ठाकुरबाबा नगरपालिकामा आजदेखि सुरु भएको छ । नेपाल खो–खो सङ्घका अध्यक्ष प्रदीप महर्जनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
यो प्रतियोगिता रानीपुर कभर्डहलमा यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पाँच टिम–डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्सबीच कुल १४ खेल हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)