अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
ratopati.com · Wed Jul 22 16:01:55 GMT 2026

झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो।
पुर्जा वितरणको तयारीस्वरूप आज सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्साल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)