फेरि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि उच्च
himalpress.com · Wed Sep 23 05:30:38 GMT 2026

काठमाडौँ- सुनको मूल्य बढेको छ। बुधबार छापावाल सुनको मूल्य १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार १ हजार ७०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ थियो। सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो । आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)