प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै ‘हतुवागढी गाउँपालिका’
barnanmedia.com · Wed Sep 23 05:20:42 GMT 2026

भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ । परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि, नयाँ ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान, प्राविधिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेर ६२ वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो । मौसमी तथा बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकताका आधारमा यो सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)