निबुवा–तांखुवा जलाधार संरक्षणमा धनकुटालाई अन्तर्राष्ट्रिय सम्मान
nepalnews.com · Wed Sep 23 05:44:29 GMT 2026

धनकुटा। जनसहभागितामा आधारित जलाधार संरक्षण तथा व्यवस्थापनमा उत्कृष्ट अभ्यास गरेको भन्दै धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। धनकुटा नगरपालिकाले निबुवा–तांखुवा जलाधार क्षेत्रमा सञ्चालन गरेको सहभागितामूलक जलाधार सुशासन अभ्यासका लागि अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआइडीपी) को २०औं ओआइडीपी अवार्डअन्तर्गत ‘नागरिक सहभागितामा सर्वोत्कृष्ट अभ्यास’ विधामा सम्मान प्राप्त गरेको हो।
पोल्याण्डको क्राकोभमा मंगलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गरेका छन् । निबुवा–तांखुवा जलाधार व्यवस्थापनको अभ्यासमा स्थानीय समुदायको ज्ञान, अनुभव तथा सहभागितालाई वैज्ञानिक र प्राविधिक ज्ञानसँग जोड्दै जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय संस्थागत सहकार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)