इलाम र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु
ratopati.com · Wed Sep 23 05:51:27 GMT 2026

काठमाडौँ । इलाम र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
इलामको रोङ गाउँपालिका-५ देवनथापस्थित सडकमा देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१-०४-००१ त १२३६ नम्बरको ट्याक्टर मङ्गलबार बेलुकी अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टर चालक झापा मेचीनगर नगरपालिका-५ नकलबन्दा बस्ने ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)