अनमोलको फिल्म ‘बाटुलो जून’ कात्तिक २६ मा आउने
ratopati.com · Wed Sep 23 05:52:37 GMT 2026

काठमाडौँ । अभिनेता भुवन केसीको निर्देशन रहेको फिल्म ‘बाटुलो जून’ भाइटिकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । यसअघि फिल्मलाई दसैँमा रिलिज गर्ने भनिए पछि प्रदर्शन मिति तिहारपछि पुर्याइएको हो ।
‘यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ । भिडेर जान भन्दा पनि मिलेर जानमा नेपाली फिल्म उद्योगको भलाइ छ’ फिल्मको नयाँ मिति घोषणा गर्दै भुवनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)