‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को टिजर सार्वजनिक, कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने
barnanmedia.com · Wed Sep 23 05:49:17 GMT 2026

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को टिजर सार्वजनिक भएको छ। करिब साढे तीन मिनेट लामो टिजरमा अघिल्लो भागको कथा निरन्तर अघि बढाइएको संकेत देखिन्छ। विशेषगरी विजय बरालको पात्र बिके र एआईबीचको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।
टिजरमा दयाहाङ राईको काजी पात्रसँगै नयाँ मैयाको भूमिकामा सिर्जना गुरुङको प्रवेशलाई आकर्षक रूपमा देखाइएको छ। त्यसपछि विपीन कार्कीको इन्ट्रीले कथामा थप रहस्य र उत्सुकता थपेको छ। अन्त्यतिर रिश्मा गुरुङ देखिएपछि टिजर समाप्त हुन्छ, जसले फिल्मको कथाबारे अझ धेरै जिज्ञासा जगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)