एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
barnanmedia.com · Wed Sep 23 05:44:42 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढंगले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उहाँले यसका लागि सदस्य राष्ट्रहरूबीच सहमतिमा आधारित बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपमा पनि परिवर्तन भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विगतमा शक्ति मुख्यतः भूभाग, त्यसपछि उद्योग र वित्तसँग सम्बन्धित थियो भने अहिले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदमको भूमिका निरन्तर बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)