मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘काकाकुल’ कर्णाली

annapurnapost.com · Tue Jun 13 00:37:13 GMT 2023

खानेपानीको समस्या भोग्न थालेको वर्षौं भइसक्यो। गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको छ।

वीरेन्द्रनगर : सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनीषा थापा स्थानीय सरस्वती माविमा ५ कक्षामा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। कारण– खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दानै १० बज्छ। पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्, ‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)