नविनको ‘बाकस’ मा भोला र शुपलाको इन्ट्री, दशैँपछि फ्लोरमा
kalakarmi.com · Wed Sep 23 06:03:25 GMT 2026

काठमाडौं– नविन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुवन्ध भएका छन् । निर्माण पक्षले भोला र सुपलालाई अनुवन्ध गरेसँगै दशैँलगत्तै छायांकनमा जाने निधो गरेको छ ।
‘फिल्मका लागि कलाकारहरुको टिम करिब–करिब पुग्ने अवस्थामा छ। अझै केहि कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ । तर हामी सबै कुरा छिट्टै मिलाएर दशैँपछि सुटिङमा निस्किन्छौँ,’ निर्देशक पन्तको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)