कैलालीमा बेपत्ता भएका बोहरा जंगलको भिरमा मृत फेला
kendrabindu.com · Wed Sep 23 06:06:15 GMT 2026

कैलाली । कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा जंगलको भिरमा मृत अवस्थामा फेला परेका छन्। घरबाट बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनी चुरे गाउँपालिका–१ तुलिखेतस्थित स्थानीय जंगलको भिरमुनि मृत अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराका अनुसार बोहरा घरबाट हराएपछि प्रहरीले खोजी थालेको थियो। खोजीका क्रममा उनको शव जंगलको भिरबाट तल फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)