राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त,कुनलाई कस्तो सजाय ?
arthasansar.com · Wed Sep 23 06:08:59 GMT 2026

नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार चारवटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिवाना गरिएको छ। न्यूनतम पुँजीकोष अनुपात नपुगेका कारण फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआईसी लघुवित्त वित्तीय संस्था कारबाहीमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)