राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही
nepalnews.com · Wed Sep 23 06:12:48 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो। राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)