प्रतिनिधि सभाको बैठक [लाइभ]
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक बसिरहेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नेछन् । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)