पूर्वी अफगानिस्तानमा बाढी, ४० जनाभन्दा बढीको मृत्यु
baahrakhari.com · Wed Jul 22 16:46:24 GMT 2026

काबुल । पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)