तेन्जिङले दिलाए नेपाललाई एसियाडमा पहिलो पदक
ratopati.com · Wed Sep 23 06:17:09 GMT 2026
काठमाडाैँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ किलाेमाथि तौलसमूहमा कांस्य पदक जित्दै नेपाललाई जारी एसियाडमा पहिलो पदक दिलाएका हुन् ।
बुधबार भएको कांस्य पदकको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ अंकले पराजित गरे । निर्णायक खेलमा सुरुवातदेखि नै आक्रामक देखिएका तेन्जिङले स्पष्ट अन्तरसहित जित निकाल्दै नेपालको पदक पक्का गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)