कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड
khabarhub.com · Wed Sep 23 06:16:08 GMT 2026

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ । पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात र प्रविधिको परीक्षण गर्दै उत्पादन, लागत, बजार र कृषकको आम्दानीसँग सम्बन्धित तथ्य सङ्कलन तथा विश्लेषण गर्दै आएको छ ।
बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालयको मातहतमा रहेको केन्द्रले आर्थिक वर्ष (आव) २०८२–८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३–८४ को कार्यक्रम सार्वजनिक गर्दै कृषि अनुसन्धान, प्रविधि परीक्षण, बीउ उत्पादन तथा कृषक क्षमता विकासका क्षेत्रमा भएका काम र प्राप्त नतिजा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)