युवा संघ अध्यक्षविरुद्ध पक्राउ पूर्जी
ekantipur.com · Sun Oct 23 16:31:14 GMT 2022
विराटनगर — अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमाले भातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामा विरुद्ध मोरङ प्रहरीले आइतबार पक्राउ पूर्जी जारी गरेको छ । लामाले विराटनर–८ का औषधी व्यवसायी नवल यादव र अभिषेक साहलाई शुक्रबार अपहरण गरी दिनभरी बन्धक बनाएको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरीको अपराध अनुसन्धान ब्युरोका डीएसपी टीका कार्कीका अनुसार लामाले साह र यादवलाई गत असार २९ मा ५ लाख रुपैयाँ ऋण दिएका थिए । उनीहरुले पटकपटक गरेर १३ लाख रुपैयाँ बुझाए पनि लामाले अझै २५ लाख रकम तिर्न बाँकी रहेको भन्दै धम्की दिंदै आएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)