जापानमा टाइफुन डुजुआनको कहर, ९ को मृत्यु, ४ जना बेपत्ता
gorkhapatraonline.com · Wed Sep 23 06:20:32 GMT 2026

जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन् । सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै छ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)