अदालतका फैसला कार्यान्वयनमा किन ढिलाइ भयो : सांसद न्यौपाने
nagariknews.nagariknetwork.com · Wed Sep 23 06:02:47 GMT 2026

प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले अदालतबाट भएका फैसला तथा आदेश कार्यान्वयनमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगत लामो समयदेखि अदालतका फैसला कार्यान्वयन हुन नसकेको भन्दै त्यसको कारणबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरेका हुन्।
उनले संविधानले अदालतका फैसला तथा आदेशलाई राज्यका सबै निकायले मान्नुपर्ने भन्दैअदालतबाट फैसला भइसकेका तर कार्यान्वयन हुन बाँकी रहेका मुद्दाको विवरण र त्यस्ता फैसला कार्यान्वयनमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालयले सात दिनभित्र जवाफ दिनुपर्ने उनको माग थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)