जलवायु संकट विपद् व्यवस्थापन मात्र होइन, जलवायु न्यायको विषय हो : रमेश मल्ल
onlinekhabar.com · Wed Sep 23 06:21:59 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले रसुवा–भोटेकोसीमा भएको बाढीलाई जलवायु संकटको कठोर प्रभावका रूपमा प्रस्तुत गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै मल्लले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालका हिमालमा उभिएर दिएको ‘विश्वका छाना भत्किँदै छन्’ भन्ने चेतावनी स्मरण गराउँदै जलवायु संकटका प्रभाव अनुमान गरिएभन्दा छिटो, तीव्र र टाढासम्म फैलिइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)