विद्युत सेवा गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
clickmandu.com · Wed Sep 23 06:25:34 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन् ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)