वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Wed Sep 23 06:21:45 GMT 2026

काठमाडौँ – काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत सुरुवातको अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा देवप्याखँ (देवी नाच) प्रदर्शन गरिएको छ ।
इन्द्रजात्राको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वादशीको बिहान ३६ हात लामो काठको लिङ्गो (योसिं) उठाउने क्रममा परम्परागत नेवारी देवी नाच प्रस्तुत गरिएको हो । सहभागी कलाकारले विभिन्न देवीदेवता र दैत्यको मुकुन्डो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)