एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो, शेर्पाले दिलाए कास्य
kendrabindu.com · Wed Sep 23 06:27:18 GMT 2026
काठमाडौं । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)