त्रिशूली–ढुंगे बेलिब्रिज निर्माण सुरु
annapurnapost.com · Wed Sep 23 06:19:08 GMT 2026

नुवाकोट : लेन्दे खोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको बाढीले नुवाकोटको त्रिशूलीमा पश्चिमी भेग जोड्ने दुई वटा पक्की पुल बगाएपछि तीन सातादेखि आवागमन ठप्प रहेको छ। वैकल्पिक मार्ग सञ्चालन गरिए पनि कच्ची र प्रभावकारी हुन नसक्दा जिल्ला अस्पताल त्रिशूली जानसमेत समस्या भएको छ।
विदुर नगरपालिका–१ त्रिशूली र ढुंगेबजार जोड्न आइतबारदेखि बेलिब्रिज निर्माणकार्य सुरु भएको छ। विदुर नगरपालिकाले उक्त बेलिब्रिज निर्माणको काम सुरु गरेको मेयर राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त स्थानमा बेलिब्रिज निर्माण सकिएपछि आवतजावतमा सहजता आउनेछ। विदुर नगरपालिकाको आवश्यक पहलमा बेलिब्रिज निर्माणकार्य अगाडि बढाइएको मेयर श्रेष्ठको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)