ग्रिनल्यान्ड र युनिक नेपालको जित
newsofnepal.com · Wed Sep 23 06:23:33 GMT 2026
काठमाडौं, (नेस) ।
ग्रिनल्यान्ड र युनिक नेपालले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ तथा युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे । ग्रिनल्यान्डका जेसन तामाङले १४ तथा युनिकका रोशन खड्काले ३५ अंक जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)