विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए सपथ
annapurnapost.com · Wed Sep 23 06:26:55 GMT 2026

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
समारोहमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय गर्न पनि सुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)