मोक्षदा स्कुलको अभिभावक दिवस सम्पन्न
nayapatrikadaily.com · Sun Mar 03 17:38:00 GMT 2024
मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए ।
राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद विष्णुदेवी पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्रछात्रा तथा शिक्षिकाहरूले नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए । साथै, सोही समारोहमा विद्यालयको नाटक क्लबमा आबद्ध छात्रछात्राबाट सुरेश चन्दद्वारा लिखित तथा निर्देशित नाटक ‘मोक्षदा डट कम’ प्रदर्शन गरिएको थियो भने विद्यालयको योग क्लबका छात्रछात्राद्वारा योगकला पनि प्रदर्शन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)