संसद्लाई ऊर्जामन्त्रीको ब्रिफिङ : बाढीबाट जलविद्युत् क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, ८ सयभन्दा बढी बेपत्ता
ratopati.com · Wed Sep 23 06:40:34 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको वक्तव्य दिँदै विपद्का कारण समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरे ।
संसद्लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सम्पर्कविहीन हुनेहरूमा नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारीसमेत रहेको जानकारी दिए । उनका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट ४३९ जना सम्पर्कविहीन छन् भने त्यहाँबाट हालसम्म ३९ वटा शव निकालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)