गोदामबाट सामान लगेको विरोधमा महेन्द्रनगरका व्यापारी प्रदर्शनमा
gorkhapatraonline.com · Wed Sep 23 06:46:43 GMT 2026

धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका स्थानीय व्यापारीले बुधबार बजार बन्द गरी प्रदर्शन गरेका छन् । जनकपुर भन्सार कार्यालयले स्थानीय व्यापारीको गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिएको विरोधमा छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीले प्रदर्शन गरेका हुन् ।
आइतबार जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले महेन्द्रनगरस्थित व्यापारी शिवशङ्कर साहको शङ्कर शम्भु जनरल स्टोरको गोदाममा छापा मारेर खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायतका सामान नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)