मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह
nepalnews.com · Wed Sep 23 06:48:47 GMT 2026

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्। नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उनले सो आग्रह गरेका हुन्।
मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएकाले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात समेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)