समाजवादी मोर्चाको र्याली रिङरोडभित्र, राजावादीको बाहिर, थपियो ५५ सय सुरक्षाकर्मी
barnanmedia.com · Thu Mar 27 23:04:39 GMT 2025

चार दलीय समाजवादी मोर्चा र राजावादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ। दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको हो।
भोलि शुक्रबारका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ। राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ। समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)