फिल्म ‘टनेल २६’ को ट्रेलर सार्वजनिक, आम्दानीको २५ प्रतिशत उद्धार कोषमा दिइने
ratopati.com · Wed Sep 23 06:50:16 GMT 2026

काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्मित फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ ।
यही असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन् । फिल्मका निर्माता वरुण चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)