एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद
annapurnapost.com · Wed Sep 23 06:47:51 GMT 2026

काठमाडौं : सुनसरीमा प्रहरीले एम्बुलेन्समा लुकाइराखेको ४५० किलो गाँजा बरामद गरेको छ। प्रहरी चौकी तरहराबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलको कोशी लोकमार्गमा बेवारिसे अवस्थामा रहेको एम्बुलेन्स चेकजाँच गर्दा प्लाष्टिकले पोका बनाइ राखेको अवस्थामा ४५० किलो लागुऔषध बरामद गरेको हो।
बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखेको एम्बुलेन्सभित्रबाट ४५० किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)