कराँतेका तेन्जिङले दिलाए नेपाललाई पहिलो पदक
gorkhapatraonline.com · Wed Sep 23 06:55:31 GMT 2026
नेपालका कराँत खेलाडी तेन्जिङ शेर्पाले बुधबार आइची नागोया एसियाली खेलकुद एसियाली खेलकुद २०२६ मा काश्य पदक जित्नुभएको छ । नेपालले पाँचौँ दिनमा पदकको खाता खोलेको हो ।
नागोयास्थित टोयोहासी जिम्नेसियममा तेन्जिङले बुधबार पुरुष कुमिते ८४ केजीमाथिको काश्य पदक भिडन्तमा लाओसका भात्थाना सायासनलाई ९–१ मा सजिलै हराउनुभयो । आइची नागोया एसियाली खेलकुदमा कराँते रित्तो हात हुने बलियो सम्भावनाबिच अन्तिम प्रतिस्पर्धामा तेन्जिङको उपलब्धिबाट एक्कासी खुशीको समाचार आएको हो । यसअघि एसियाडमा सहभागी कराँतेका आठ खेलाडीमध्ये सात जना पदकविहिन बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)