सीको वासिङ्टन भ्रमण सुरु
nepalnews.com · Wed Sep 23 06:57:32 GMT 2026

वासिङ्टन। चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीन दिने राजकीय भ्रमण सुरु गरेका छन्। उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वागत गर्नेछन्। एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ।
भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ। व्यापार तथा अन्य विषयमा मतभेद कायमै रहे पनि भ्रमणलाई अमेरिका–चीन सम्बन्धमा संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)