जलविद्युत आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ : ऊर्जामन्त्री श्रेष्ठ
ratopati.com · Wed Sep 23 07:00:40 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरिएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयका कामकारबाही र भोटेकोशी बाढीले जलविद्युत क्षेत्रमा पारेको क्षतिको जानकारी गराउँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले क्षतिग्रस्त जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको खोज तथा उद्धारमा निरन्तर लागेको बताए । उनले भने,‘ हामीले हार मानेका छैनौँ । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)