मूल्य वृद्धिले आकास छोयो, सरकारलाई सोध्दा ३५ वर्षमा के गर्यौँ भन्ने जवाफ आउँछ : बलावती शर्मा
himalpress.com · Wed Sep 23 07:02:00 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन् । उनले बजारमा रायोसाग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु करिब ५०० रुपैयाँ तथा खसी–बोकाको मासु १ हजार ७०० रुपैयाँभन्दा बढी पुगेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)