विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ
onlinekhabar.com · Wed Sep 23 07:02:28 GMT 2026

७ असोज, काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)