सदनलाई ऊर्जामन्त्रीको बिफ्रिङ : बाढीमा परेर जलविद्युत आयोजनाका ८ सय जना हराए, माथिल्लो त्रिशूली १ कै ४३९ बेपत्ता
himalpress.com · Wed Sep 23 07:14:01 GMT 2026

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सय जनाभन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी दिएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले ती नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी रहेको जनाएका छन्। बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा १ हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार तथा केही आफैं सम्पर्कमा भएका उनले बताएका छन्। सो आयोजनाबाट ४३९ जना सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ।
बाढी आएको १२औं दिनमा सो आयोजनाबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो । यस आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको छ । त्यस्तै माथिल्लो त्रिशूली–थ्री ‘ए’बाट ३९ जना सम्पर्कविहीन छन्। निरन्तर खोज तथा उद्धार कार्यको परिणाम स्वरुप बाढी आएको १०औं दिनमा माथिल्लो त्रिशूली थ्री ‘ए’बाट दुई जना कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गर्न सम्भव भएको मन्त्रीले बिफ्रिङ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)